नामको राजनीति : मान्छेलाई हेप्नुपर्दा सबैभन्दा पहिले नाम किन काढिन्छ ?

रातोपाटी

ध्रुवसत्य परियार

२३ साउनमा गृह मन्त्रालयले मातहतका निकायलाई निर्देशन गर्‍यो– ‘अपमानजनक नाम र थर प्रयोग गरी नागरिकताको प्रमाणपत्र जारी नगर्ने। त्यसरी जारी भएका नागरिकताको प्रमाणपत्र सम्बन्धित व्यक्तिले सच्याउन माग गरेमा आवश्यक प्रक्रिया पूरा गरी सच्याउने व्यवस्था मिलाउने।’

दलित समुदायका व्यक्तिलाई फ्याउरो, कुकुर, कुकुर्नीजस्ता अपमानजनक नाममा प्रशासनले नागरिकताको प्रमाणपत्र दिएको समाचार सञ्चारमाध्यममा आएपछि गृहले यस्तो निर्देशन गरेको हो।

प्रकाशित मिति: : 2022-08-11 17:02:00

प्रतिकृया दिनुहोस्