भारतीय सहरमा सजिएका ‘प्रेम गीत– ३’का पाेस्टरले नेपाली चलचित्र क्षेत्र उत्साहित !

ममता आचार्य

काठमाडाैं
File photo
File photo

भारतीय सहरमा पहिलाे पटक नेपाली चलचित्रकाे पाेस्टर टाँसेर प्रचारप्रसार सुरू गरिएकाे छ।पहिलाे पटक हिन्दी भाषामा प्रदर्शन गर्न लागिएकाे नेपाली चलचित्र ‘प्रेम गीत– ३’का पाेस्टरहरू भारतीय सहरमा टाँसिएकाे हाे।

यसअघि नेपालमा प्रेम गीत र प्रेम गीत– २ काे सफलतापछि निर्माता तथा निर्देशक सन्ताेष सेनाले प्रेम गीत– ३ नेपालसहित भारतबाट हिन्दी भाषामा प्रदर्शन गर्ने तयारीमा छन्। आगामी असाेज ७ गते (सेप्टेम्बर २३)काे लागि रिलिज मिति ताेकिएकाे याे चलचित्रकाे प्रचारप्रसार व्यापक पारिएकाे छ।

साेहीअनुसार चलचित्रकाे टिमले भारतमा पनि प्रचारप्रसारलाई तिब्रता दिएकाे सेनले जानकारी दिएका छन्। सेनले मंगलबार भारतीय सहरमा टाँसिएका पाेस्टरहरू सामाजिक सञ्चालमा सार्वजनिक गरेपछि नेपाली समर्थक र चलचित्रकर्मीहरूले प्रशंसा गरिरहेका छन्। सेन हाल भारतको मुम्बईमा छन्।

उनले आफ्नो फेसबुकमा लेखेका छन्,‘यो देखिएको दृश्य मुम्वई सहरको हो, मुम्बईलगायत भारतभर यसैगरी नेपाली फिल्मको पोस्टर टाँसिएको छ। बलिउड र हलिउड फिल्मका पोस्टर टाँसिने यी स्थान अहिले नेपाली फिल्म प्रेम गीत– ३ ले ओगट्दै गर्दा असाध्यै खुसी लागेको छ।

प्रकाशित मिति: : 2022-08-02 17:38:00

प्रतिकृया दिनुहोस्