अमेरिकी लोकतन्त्र बचाउन तेस्रो पार्टी आवश्यक

नयाँ पत्रिका दैनिक

डेभिड जोलिसर्भ

अमेरिकाका प्रमुख दुई दल देशमा बढ्दै गएको राजनीतिक ध्रुवीकरण र अतिवादको समाधान गर्न असफल भएका छन् । देशको राजनीतिक ध्रुवीकरणले हिंसा निम्त्याइरहेको छ । विगत दुई वर्षको अवधिमा कंग्रेस सदस्य, गभर्नर, सर्वोच्च अदालतका न्यायाधीश र देशका उपराष्ट्रपतिविरुद्ध समेत ज्यान मार्ने धम्की आएका छन् ।

कुनै कदम नचाल्ने हो भने संयुक्तराज्य अमेरिका यही शताब्दीमा स्थापनाको ३०० वर्ष पुग्दा अर्कै भइसकेको हुनेछ । त्यसैले, हामी डेमोक्रेट, रिपब्लिकन र स्वतन्त्र राजनीतिज्ञ एक ठाउँमा आएर नयाँ र एकता पार्टी निर्माण गर्न लागेका छौँ । यो विभाजन मन नपराउने र अतिवादलाई अस्वीकार गर्ने बहुसंख्यक अमेरिकीको पार्टी हुनेछ । 

अमेरिकामा लोकतन्त्र असफल हुँदै जाँदा देखिने लक्षण देखिन थालेका छन् । यसको एक उदाहरण सरकारप्रतिको विश्वास घट्दै गएको छ भने डोनाल्ड ट्रम्पजस्ता अतिवादी नेताप्रति विश्वास बढ्दै गएको छ । मानिसहरूविरोधी राजनीतिक शक्तिविरुद्ध हतियार उठाउन तयार हुने मनस्थितिमा पुगेका छन् । यहीकारण, अहिले अमेरिकामा ‘गृहयुद्ध’को सम्भावनाबारे चर्चा सुरु हुन थालेको छ । 

प्रकाशित मिति: : 2022-08-01 17:34:00

प्रतिकृया दिनुहोस्