सोमबार, १५ डिसेम्बर २०२५

'धनीहरूको क्लब'बाट पहिचान फेरेर विपन्न र समाजको सेवामा केन्द्रित रोटरी क्लब

उकेरा

उकेरा

विकाश पराजुली
News Image
• • •

कुनै समय रोटरी क्लब, रोट्याक्ट क्लबलाई 'धनीका क्लब' भनिन्थ्यो। उनीहरू पैसा उठाउने अनि खानपिनमा रमाउनका लागि क्लब खोलेका हुन् भन्ने धारणा आम जनमानसमा थियो।

अधिकांश उच्च आय भएका मानिस आबद्ध हुने यी क्लबमा न्यून, मध्यम आय भएका वर्ग आबद्ध हुन हच्किन्थे।

अहिले यी क्लब समाजका सेवक बनेका छन्। हरियाली प्रवर्द्धन, खानेपानी, शिक्षा, स्वास्थ्य, रोजगारी, उद्यम यी क्लबका प्राथमिकतामा परेका छन्।

रुपन्देहीका रोटरी, रोट्याक्ट क्लबहरूले अहिले करोडौं खर्चेर सामाजिक कार्य गरिरहेका छन्। 

बुटवलको गौतमबुद्ध सामुदायिक मुटु अस्पताल, लुम्बिनी प्रादेशिक अस्पतालमा अक्सिजन प्लान्ट, आम्दा अस्पतालमा अक्सिजन प्लान्ट, मुटु अस्पतालमै मिर्गौला डाइलाएसिस उपचार केन्द्र यिनै रोटरीको सहयोगमा सम्भव भएका हुन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!