उखु किसान र चिनी मिलको समस्या समाधान गर्न संसदीय समितिको निर्देशन

संसदीय समितिले उखु किसान र चिनी मिलको समस्या समाधान गर्न सरकारलाई निर्देशन दिएको छ । आज सिंहदरबारमा बसेको संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकले उक्त निर्देशन दिएको हो ।

सम्बन्धित मजदुर, ऊखु किसान र चिनी मिलका प्रतिनिधिसमेत राखेर मन्त्रालयसँग समन्वय गरी चिनी मिलमा देखिएका समस्या समाधान गर्न सरकारलाई निर्देशन गरिएको समितिका सभापति विमलप्रसाद श्रीवास्तवले जानकारी दिए । समिति सदस्यहरुले चिनी मिलको समस्या तत्काल समाधान गर्न सरकारलाई दबाब दिएका हुन् ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेकी सांसद सरिताकुमारी गिरीले भने चिनी मिलमा देखिएका समस्या समाधान गर्न सरकार गम्भीर नभएको आरोप लगाएकी छन् । उनले ऊखुको मूल्य निर्धारण गर्दा सरकारले ऊखु किसानको प्रतिनिधित्व नगराएकोमा पनि आपत्ति जनाइन् ।

प्रकाशित मिति: : 2022-07-31 16:35:00

प्रतिकृया दिनुहोस्