परराष्ट्रमन्त्री खड्का र अमेरिकी सहायक विदेशमन्त्रीबीच भेटवार्ता 

नेपाल भ्रमणमा रहेका दक्षिण तथा मध्य एसियाली मामिला सम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु र परराष्ट्रमन्त्री डा. नारायण खड्काबीच भेटवार्ता भएको छ।

सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा उनीहरुबीच भेटवार्ता भएको हो।

भेटवार्तामा दुई मन्त्रीबीच नेपाल–अमेरिका सम्बन्ध, विकास सहायता, आर्थिक सहयोग, खाद्य सुरक्षा, कोभिड–१९ खोप लगायतका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: : 2022-07-29 15:41:00

प्रतिकृया दिनुहोस्