कांग्रेसले भीमदत्तलाई कहिल्यै सहिद मानेन : केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले प्रजातान्त्रिक लडाईमा सहभागी भएका सहिदहरुलाई सम्मान दिन नसकेको आरोप लगाएका छन्।

४४ औं पुष्पलाल जन्मजयन्तीको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै एमाले अध्यक्ष ओलीले कांग्रेसमाथि सो आरोप लगाएका हुन्।

‘नेपाली कांग्रेसले प्रजातान्त्रिक लडाईंमा सहिद भएकाहरुलाई उचित सम्मान दिन कहिल्यै सकेको छैन’, ओलीले कार्यक्रममा भने, ‘भीमदत्त पन्तलगायतका सहिदलाई कहिल्यै आफ्नो सहिद नमानेको देख्दा अझै पनि मेरो शरीर सिरिङ्ग हुने गरेको छ।’

एमाले अध्यक्ष ओलीले नेपाल कम्युनिष्ट आन्दोलनमा पुष्पलालले पुर्याएको योगदानको चर्चा गरेका छन्।

पुष्पलालले कम्युनिष्ट पार्टीको घोषणा पत्र अनुवाद गरेर गाउँ-गाउँ पुर्याएको स्मरण गर्दै ओलीले अग्रजहरुले देखाएको बाटोबाट विचलित नहुने प्रणसमेत गरेका छन्।

प्रकाशित मिति: : 2022-07-23 12:49:00

प्रतिकृया दिनुहोस्