आजभन्दा १६ वर्ष अगाडि अर्थात २०६३/०६४ मा सुरु गर्ने भनिएको तमोर–मेवा जलविद्युत आयोजनाको काम अहिलेसम्म सुरु हुन सकेको छैन । १ सय २८ मेगावाट क्षमताको विद्युत उत्पादन गर्ने स्पार्क हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेड अहिलेसम्म आयोजना स्थलमा उपस्थिति नै जनाएको छैन । सो स्पार्क हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडका अध्यक्ष भानेन्द्र लिम्बुले त्यतिबेला प्रतिबद्धता जनाउँदै पाँच वर्षको अवधिमा बन्छ भनिएको थियो ।
२०७७ सालको जेठमा तमोर-मेवा जलविद्युत आयोजनाको सार्वजनिक सुनुवाई कार्यक्रममा पनि भनिएको थियो,‘सशस्त्र द्धन्द्ध र सरकारले लाइसेन्समा खेलवाड गर्यो । कानुनी लडाईं लड्दा समय खर्चिनु पर्यो । अब ढुक्क हुनुहोस, आयोजना बन्छ ।’ तर सार्वजनिक सुनवाईमा गरेको प्रतिबद्धता तीन वर्ष पुग्न लाग्यो । आयोजनाले कुनै काम सुरु गरेको छैन।