सोमबार सुनको मूल्य ४०० रुपैयाँले बढ्यो

File photo
File photo

सोमबार सुनको मूल्य ४०० रुपैयाँले बढेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ४०० रुपैयाँले बढेर ९४ हजार रुपैयाँ कायम भएको छ। यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९३ हजार ५०० रुपैयाँ निर्धारण भएको छ।

यसअघि, आइतबार छापावाल सुन तोलाको ९३ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो। यसैगरी, तेजावी सुनको भाउ तोलाको ९३ हजार १०० रुपैयाँ निर्धारण भएको थियो। यता, आइतबार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर ११ सय ६५ रुपैयाँ कायम भएको छ। आइतबार चाँदीको भाउ प्रतितोला ११ सय ६० रुपैयाँ कायम रहेको थियो।

प्रकाशित मिति: : 2022-07-18 12:27:00

प्रतिकृया दिनुहोस्