मोदीले भेट्न मानेनन्, प्रचण्ड भन्छन्– भारत भ्रमण फलदायी भयाे

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट नदिएको अधिकारीहरूले जनाएका छन्।

भारत भ्रमणमा रहेका प्रचण्डले प्रधानमन्त्री मोदीसित नेपालका लागि भारतीय दूतावास, भारतीय जनता पार्टी र अनेकौं स्रोतमार्फत् कैयौंपटक प्रस्ताव गरे। तर मोदीको सचिवालयबाट अस्विकार गरिएको दाबी गरिएको छ।

मोदीसँग भेट्न नपाएपनि अध्यक्ष प्रचण्डले आइतबार बिहान बीजेपी अध्यक्ष जेपी नाड्डा र शनिबार दिउँसो प्रधानमन्त्री पत्नि तथा कांग्रेस नेत्री आरजु राणासहित भारतीय विदेशमन्त्री एस. जयशंकर र भाजपा विदेश विभाग प्रमुख विजय चौथाईवालेसँग भेटवार्ता गरेका छन्।

प्रचण्डका स्वकीय सचिव रमेश मल्लले भ्रमण सकिएकाे जानकारी दिँदै उत्साहजनक र फलदायी भएको बताएका छन्।

'भाजपा अध्यक्ष जेपी नड्डासँगको भेटवार्तासँगै अध्यक्ष प्रचण्डको भारतको तीन दिने सद्भावना भ्रमण सफलतापूर्वक सम्पन्न भएको छ', मल्लले भनेका छन्, 'पार्टी टु पार्टी सम्बन्धका दृष्टिले पहिलो र देश-देश बीचको सुदृढ सम्बन्ध विस्तारको लागि सहयोगी यो भ्रमण देश र पार्टीको लागि फलदायी बनेको छ।' 

भारत भ्रमणको क्रममा प्रचण्डले नेपाल–भारत सम्बन्धका समस्याहरूलाई जोड दिएर उठाएको दाबी गरिएकाे छ।

स्रोतका अनुसार उनी मोदीसँग भेटवार्ता गर्ने प्रयास असफल भएपछि आइतबार बेलुकी नै काठमाडौं फर्किँदैछन्।

प्रकाशित मिति: : 2022-07-17 15:43:00

प्रतिकृया दिनुहोस्