शेखर पक्षलाई देउवाको जवाफ: पार्टी बलियो बनाउँदैछु खेद्ने काम नगर्नुस्

file photo
file photo

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो आलोचना नगर्न आग्रह गरेका छन्। 

शनिबार पार्टीको केन्द्रीय समिति बैठकमा बोल्दै उनले आफूलाई आलोचना नगर्न आग्रह गरेका हुन्। 

शेखर कोइराला पक्षले नेविसंघ र तरुण दललगायत भ्रातृ संगठनको नेतृत्व चयन गर्दा आफूले एकलौटी गरेको आरोपको जवाफ दिँदै उनले भने, ‘मैले तरुण दल र नेविसंघ गठन गर्दा सबैलाई सोधेको हो। त्यसपछि तपाईंहरूको फोन उठेन, फोन उठाउने गर्नुस्।’ 

पार्टीलाई बलियो बनाउँदै लैजाउने भएका कारण आफ्लाई खेद्ने काम नगर्न उनले आग्रह गरे। 'मेरो खेद्ने काम नगर्नुस् पार्टी बलियो बनाएर लैजान्छु’ उनले भने।  

 त्यसैगरी उनले आगामी चुनावमा गठबन्धन गरेरै अघि बढ्नुपर्ने बताउँदै भने,  'हामी एक्लैले जित्दैनौँ, त्यसकारण अहिले गठबन्धन गर्नु आवश्यक छ।'

 

प्रकाशित मिति: : 2022-07-16 20:40:00

प्रतिकृया दिनुहोस्