नेपालमाथिको वैदेशिक हस्तक्षेप सुगौली सन्धियताकै सबैभन्दा बढी : राजेन्द्र लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सुगौली सन्धिपछि नेपालमा पछिल्लो दुई वर्षयता पहिलो पटक नेपालको परराष्ट्र नीति कमजोर भएको बताएका छन्।

नेपाल–चीन हिमालय मैत्री समाज (नेचिप्स नेपाल) ले आयोजना गरेको नेपालको भू-राजनीतिक अवस्था :चुनौती र अबको बाटो बारे छलफलमा उनले दुई देशबीचको सम्बन्ध गोलबारुदबाट मात्रै टाढा हुने होइन उनीहरुसँगको व्यवहार, सत्ताका लागि जे पनि विषयमा सम्झौता गर्दा हस्तक्षेप हुने गरेको बताए।

जबसम्म राष्ट्रहित र राष्ट्रिय स्वार्थमा नेताहरु रहन्छन् त्यसपछि हस्तक्षेप नहुने उनको भनाइ छ।

सहायतको नाममा विकासको नाममा साँस्कृतित क्षेत्रमा जुन प्रकारको हस्तक्षेप भइरहेको त्यसविरुद्ध सबै राजनीतिक दलका नेता एकै ठाउँमा उभिनुपर्ने उनले बताए। उनले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको दिव्य उपदेशअनुसार गए कसैले पनि हस्तक्षेप गर्न नसक्ने बताए।

प्रकाशित मिति: : 2022-07-16 16:39:00

प्रतिकृया दिनुहोस्