प्रचण्ड र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

भारत भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र भारतीय विदेशमन्त्री डा. एस जयशंकरबीच भेटवार्ता भएकाे छ। 

शनिबार भएकाे भेटमा भारतीय विदेशमन्त्री जयशंकरले प्रचण्डलाई भारतमा स्वागत गर्न पाउँदा खुशी लागेको बताए।

प्रचण्डसँग आर्थिक सहकार्यमा केन्द्रित भई छिमेकी सम्बन्धलाई सुदृढ बनाउने विषयमा फलदायी छलफल भएको डा जयशंकरले ट्वीटरमार्फत जानकारी दिएका छन्।

उनले भनेका छन्, ‘छिमेकी पहिलो नीतिलाई प्रतिबिम्बित गर्दै नेपालको विकास र समृद्धिको चाहनामा भारत सदैव भरपर्दो साझेदार रहनेछ।’

प्रचण्ड भारतीय जनता पार्टीका अध्यक्षको निमन्त्रणामा अहिले भारत भ्रमणमा छन्। 

प्रकाशित मिति: : 2022-07-16 13:44:00

प्रतिकृया दिनुहोस्