कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्ने

 

नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज (शनिबार) पनि बस्दैछ। बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने नेता विश्वप्रकाश शर्माले जानकारी दिए।

आजको बैठकमा काँग्रेसका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुले र केही पदाधिकारीले जवाफ दिने छन्। सरकारको आलोचना भएपछि बैठकमा काँग्रेसको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुले आफूले गरेका कामका बारेमा जवाफ दिने कार्यक्रम राखिएको हो।

काँग्रेस केन्द्रीय कार्यसमिति बैठक सोमबारदेखि सुरु भएको हाे।   

प्रकाशित मिति: : 2022-07-16 08:22:00

प्रतिकृया दिनुहोस्