पुष्पा भुसाल उपसभामुख बन्दा नेम्वाङ खुसी !

file photo
file photo

उपसभामुखमा कांग्रेस उम्मेदवार पुष्पा भुसाल निर्वाचित भएपछि एमाले नेता सुवास नेम्वाङले खुसी व्यक्त गरेका छन्।  

शुक्रबार भएको निर्वाचनमा एमाले उम्मेदवार विद्या भट्टराईलाई पराजित गर्दै सत्ता गठबन्धनबाट भुसाल निर्वाचित भएकी थिइन्।  

उनी निर्वाचित भएपछि प्रतिक्रिया दिँदै एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले खुसी लागेको बताए।  प्रतिनिधि सभाबाट बाहिरिने क्रममा उनले भने 'ढिलै भए पनि छोरी भयो, खुसी लागेको छ। '

नेम्वाङले अब मंसिरमा हुने निर्वाचन स्वस्थ हुनु पर्ने बताउँदै सबैले आफूलाई समीक्षा गर्नुपर्ने उल्लेख गरे।  

प्रकाशित मिति: : 2022-07-15 19:28:00

प्रतिकृया दिनुहोस्