उपसभामुखको निर्वाचन मिति आज ताेकिने

सभामुख अग्नि सापकोटाले प्रतिनिधि सभाको उपसभामुख पदको निर्वाचनको प्रक्रिया अघि बढाउने भएका छन्।

आज (बुधबार) बस्ने प्रतिनिधि सभाको बैठकमा सभामुख सापकोटाले प्रतिनिधि सभाको उपसभामुख पदको निर्वाचनका लागि दिन र समय तोक्ने कार्यसूची रहेको छ।

प्रतिनिधिसभा नियमावली २०७५ को नियम ८ बमोजिम सभामुखले समय र मिति तोक्नुपर्ने व्यवस्था रहेकाे छ।

प्रकाशित मिति: : 2022-07-13 11:20:00

प्रतिकृया दिनुहोस्