सत्ता जोगाउन अनेक तिकडम

अनलाइनखबर

बिनु सुवेदी

शेरबहादुर देउवाले आफ्नै पुरानै नजीर भत्काएर लिकबाहिर पुगिसकेको राजनीतिलाई ट्रयाकमा ल्याउन भूमिका खेल्लान् भन्ने अपेक्षाको अनुमोदन भएको भए, बुधबार यो सरकार बनेको वर्षदिन पुग्दै गर्दा उत्सवको माहौल हुन सक्थ्यो ।

बालुवाटारमा त झन् दोहोरो उत्सव हुन पनि सक्थ्यो, किनभने २०५२ को भदौमा देउवा पहिलोपटक मुलुकको प्रधानमन्त्री बन्दै गर्दा २ महिनाको उमेरमा चलिरहेका उनका छोरा जयवीर देउवाको जन्मदिन र देउवाको यो सरकारको वर्षदिन संयोगवश एकदिन हुन्थ्यो । तर २९ वर्षमा उनका छोरा जयवीरसमेत विवादमा आउने गरी सरकारले आर्थिक चलखेल गरेको खबर बाहिरियो तर देउवाको विवादास्पद गतिविधि सुध्रिएको छनक एक रत्ति पनि मिलेन ।

दुई पटकसम्म प्रतिनिधिसभा विघटन गरेर प्रतिगमन गरेको भन्दै उनकै पार्टीका सांसदहरुले समेत बर्हिगमन गर्नुपर्ने मागसहित सर्वाेच्चमा हस्ताक्षर बुझाएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीको सरकार ढल्यो र प्रधानमन्त्री ओलीलाई प्रतिस्थापित गर्न आइपुगे नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा ।

अघिल्लो सरकारले संविधानको सर्वाेच्चता, कानुनी राज र सुशासनमा असाध्यै धेरै बदनामी कमाएको भन्दै यही विषयलाई संयुक्त सरकारको न्यूनतम साझा कार्यक्रमको दोस्रो लक्ष्य बनाएको थियो सरकारले । प्राथमिकताको पहिलो बुँदामा कोभिड–१९ को महामारीबाट उत्पन्न मानवीय संकटको समाधान थियो ।

प्रकाशित मिति: : 2022-07-12 20:11:00

प्रतिकृया दिनुहोस्