विश्वको पहिलो कान्छा सगरमाथा आरोही तामाङकाे राष्ट्रिय सम्मानसहित अन्त्येष्टि

विश्वको पहिलो कान्छा सगरमाथा आरोही तामाङकाे राष्ट्रिय सम्मानसहित स्वम्भुमा अन्त्येष्टि गरिएको छ। सरकारले विश्वको पहिलो कान्छो आरोही शम्भु तामाङलाई राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गर्ने निर्णय गरेको हो।

नेपाल पर्वतारोहण संघको सिफारिसमा उनलाई राष्ट्रिय सम्मान दिने निर्णय गरेको हो। बिहीबार बिहान १० बजेर १३ मिनेटमा तामाङको ६७ वर्षको उमेरमा क्यान्सर अस्पताल हरिसिद्धिमा उपचार्थ अवस्थामा निधन भएको हो।

सोमबार बिहान ८ बजे तामाङको निवास महामारजगञ्जबाट निकालिएको पार्थिव शरीरको शवयात्रामा   पर्यटन क्षेत्रमा आवद्ध व्यवसायी, आरोही, मजदुर, सम्पूर्ण शुभेच्छुक पर्वतारोहण संघको पदाधिकारी  लगायतको उल्लेखनीय सहभागी थियो।



विश्वको पहिलो कान्छो सगरमाथा आरोही शम्भु रहेनन्

तामाङको अन्त्येष्टिमा पर्यटन मन्त्री जीवन राम श्रेष्ठ तथा जनता समाजवादी पार्टीकी नेत्री तथा पूर्वमन्त्री हिसिला यामीको पनि सहभागीता थियो।



विश्वको पहिलो कान्छा सगरमाथा आरोही तामाङकाे राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिने

प्रकाशित मिति: : 2022-07-11 13:17:00

प्रतिकृया दिनुहोस्