विश्वको पहिलो कान्छा सगरमाथा आरोही तामाङकाे राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिने

सरकारले विश्वको पहिलो कान्छाे आरोही शम्भु तामाङलाई राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गर्ने निर्णय गरेको छ। नेपाल पर्वतारोहण संघको सिफारिसमा उनलाई राष्ट्रिय सम्मान दिने निर्णय गरेको हो।

राष्ट्रिय तथा अन्तराष्ट्रिय पर्वतीय पर्यटन क्षेत्रमामा उल्लेखनीय योगदान गरेको तामाङलाई सरकारको निर्णय स्वागतयोग्य रहेको संघका कार्यकारी सदस्य राजेन्द्र लामाले बिएल नेपाली सेवालाई बताए।

तामाङको ६७ वर्षको उमेरमा बिहीबार क्यान्सर अस्पताल हरिसिद्धि उपचार्थ अवस्थामा निधन भएको थियाे।

विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा सबैभन्दा कम उमेरमा पुगेर विश्वकै पहिलो कान्छो आरोहीको रेकर्ड राखेका थिए।

उनले सन् १९७३ मे ५ तारिखका दिन सगरमाथाको शिखरमा पाइला राख्दा उनको उमेर १७ वर्ष ७ महिना १४ दिनको थियो। विभिन्न सामाजिक संघ संस्थाहरुमा पनि संलग्न रहदै आएका तामाङ नेपाल पर्वतारोहण संघका साथै तिलगंगा आँखा अस्पतालका संस्थापक सदस्य समेत हुन्। विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय पुरस्कार तथा सम्मान विभुषित तामाङ स्वर्गीय राजा वीरेन्द्रबाट पनि सम्मान पाएका थिए।

तामाङको अन्त्येस्ती सोमबार स्वयाम्भुमा वुद्धिस्ट परम्पराअनुसार गरिने पारिवारिक श्रोतले जानकारी गराएको छ।

सोमबार बिहान ७ बजे तामाङको निवास महामारजगञ्जबाट निकालिने पार्थिव शरीरको शवयात्रामा सहभागि हुन नेपाल पर्वतारोहण संघले पर्यटन क्षेत्रमा आवद्ध व्यवसायी, आरोही, मजदुर, सम्पूर्ण शुभेच्छुक लगायतलाई अनुरोध गरिएको छ।

विश्वको पहिलो कान्छो सगरमाथा आरोही शम्भु रहेनन्

प्रकाशित मिति: : 2022-07-09 12:59:00

प्रतिकृया दिनुहोस्