सरकारको कार्यशैलीबारे शेखर पक्षले केन्द्रीय समिति बैठकमा समीक्षा गर्ने

File Photo
File Photo

नेपाली का‌ग्रेसको शेखर कोइराला पक्षले सोमबार सुरु हुने पार्टीको केन्द्रीय समिति बैठकमा सरकारको काम, कारबाहीबारे गम्भीर समीक्षा गर्नुपर्ने बताएको छ।

आइतबार काठमाडौंको विशालनगरमा बसेको बैठकले केन्द्रीय समिति बैठकमा सरकारको कार्यशैलीको गम्भीर समीक्षा हुनुपर्ने निष्कर्ष निकालेको हो।

यस्तै कोइराला पक्षधरले केन्द्रीय सदस्यहरूले भातृ संस्थाको कार्यसमिति पूर्णताको माग गर्दै विरोध प्रर्दशन गर्ने निर्णय समेत गरेको छ। नेपाल विद्यार्थी संघ, तरुण दल, महिला संघलगायत भातृ संस्थाका शिखर पक्षीय नेता तथा कार्यकर्ताले विरोध प्रदर्शनको तयारी गरेका हुन्।

कांग्रेस केन्द्रीय समितिको बैठक सोमबार दिउँसो १ बजे बस्ने गरी बोलाइएको छ। उक्त बैठकको समयमा पार्टी कार्यालय बाहिर शेखर पक्षका विद्यार्थी, युवा लगायतले प्रदर्शनको तयारी गरेका हुन्।

बैठकले भ्रष्टाचारको आरोप लागेको निष्कर्ष निकाल्दै पार्टी नेतृत्वको सरकारको काम, कारबाहीबारे केन्द्रीय समिति बैठकमा समीक्षा गर्नुपर्ने निष्कर्ष निकालेको छ।

प्रकाशित मिति: : 2022-07-10 17:40:00

प्रतिकृया दिनुहोस्