सेयर बजारको कारोबार आइतबार बन्द हुने भएको छ। आज असार २६ गते बकर इदको अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ। सोही कारण नेप्से पनि बन्द हुने भएको हो।
अब बजार सोमबार बिहान ११ बजे मात्र खुल्नेछ। यसअघि शुक्रबार नेप्से सूचक नेप्से सूचक ३४.७० अंकले घटेर १९९२.६२ विन्दुमा आएको छ।