बिएल संवाददाता
गायक प्रकाश सपुत अहिले सांगीतिक कार्यक्रमकाे लागि युराेप भ्रमणमा छन्। करिब एकहप्ताअघि युराेप पुगेका सपुत त्यहाँका विभिन्न देशका सांगीतिक कार्यक्रम व्यस्त छन्।
पाेर्चुगल, माल्टा, पाेल्याण्डलगायतका देशमा उनका कार्यकमहरू छन्। सामाजिक सञ्जालमा सक्रिय मानिने उनले त्यहाँ पुगेर पनि सामाजिक सञ्जालमा तस्बिरहरू पाेष्ट गरिरहेका छन्। ती तस्बिरहरूमा उनी रमाइरहेका देखिन्छन्।
तर, शनिबार पाेष्ट गरेकाे तस्बिरमा भने उनी एक्लै युराेपका सडकमा हिँडिरहेका छन्। उनले ती तस्बिरहरू सार्वजनिक गर्दै एक्लै हराउनुमा पनि मज्जा बेग्लै रहेका बताएका छन्।
‘...एक्लै हिँड्नुका फाइदा पनि छन्- आफू आफैंसँग भइन्छ। शान्त, स्वतन्त्र र रियल ! आफ्नो वरिपरिका घट्ना परिघट्ना र परिवेशमा बेपरवाह पोखिन पाइन्छ। आफूभित्र भर्न पाईन्छ। डिटेलमा महशुस गर्न पाइन्छ आफ्नै स- सना खुसीहरु पनि। आफ्नै ठुला ठुला दु:ख र दुखाईहरु पनि…,’ सपुतले फेसबुकमा लेखेका छन्।
उनले यी तस्बिरहरू युराेप भ्रमणकाे पाँचाैँ देश भएकाे पनि जानकारी दिएका छन्।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया