माओवादीको पोलिट्ब्यूरोमा गण्डकीबाट २१ जना

फाइल तस्विर
फाइल तस्विर

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको पोलिट्ब्यूरो सदस्यमा गण्डकी प्रदेशबाट २१ जना मनोनित भएका छन्। १२५ जनाको पोलिटब्यूरोमा गण्डकीका २१ जना परेका हुन्।

वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, नेताहरु देवप्रसाद गुरुङ, देबेन्द्र पौडेल, हितराज पाण्डे, हरिराज अधिकारी, यशोदा गुरुङको नाम पोलिट्ब्यूरोमा छ। यस्तै, श्रीराम ढकाल, सुरेश आले, अमृता थापा, देबेन्द्र पराजुली, लेखनाथ न्यौपाने, हरिबहादुर चुमान, कृष्ण धिताल पनि समेटिएका छन्।

राजकाजी गुरुङ, अमर तमु, परशुराम रम्तेल, सुशिला सिंखडा, बलावती शर्मा, चुडामणी खड्का, किसान शर्मा र कपिल लामा पोलिट्ब्यूरो बनेका हुन्। तिमध्ये अधिकांश गोरखाका छन्। ९ जना गोरखा जिल्लाबाट मात्रै समावेश गरिएका छन्।

गएको स्थानीय निर्वाचनमा माओवादीले गोरखामा पुरानाे विरासत फर्काएको छ। ११ स्थानीय तह मध्ये ९ पालिकामा चुनाव जितेको हो। गण्डकीका ८५ मध्ये ११ पालिकामा प्रमुख र १९ पालिकामा उपप्रमुख चुनाव जितेको छ।

प्रकाशित मिति: : 2022-07-09 11:03:00

प्रतिकृया दिनुहोस्