आयोगको प्रारम्भिक अनुमान: प्रदेश र प्रतिनिधिसभाको निर्वाचन गर्न १० अर्ब खर्च हुने

File photo
File photo

निर्वाचन आयोगले आगामी प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचन गर्न १० अर्ब रुपैयाँ खर्च हुने प्रारम्भिक अनुमान गरेको छ। 

मौजुदा प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको समयावधि आगामी २२ मंसिरमा समाप्त हुने जानकारी दिएको आयोगले यसअघि नै प्रदेशसभा र प्रनिनिधिसभा सदस्यको निर्वाचन गर्नुपर्ने बताउँदै २ मंसिरको मिति सरकारसमक्ष सिफारिस गरेको छ। 

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको टोलीले बुधबार प्रधानमन्त्री शेरबहादुर देउवलाई भेटेर २ मंसिरमा प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको निर्वाचन एकै चरणमा गर्न मिति सिफारिस गरेको हो। 

उक्त निर्वाचन गर्न १० अर्ब खर्च हुने प्रारम्भिक अनुमान गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए। 

यसअघि २०७४ सालमा भएको प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनमा ७ अर्ब ८० करोड खर्च भएको प्रवक्ता पौडेलले बताए। 

प्रकाशित मिति: : 2022-07-06 17:40:00

प्रतिकृया दिनुहोस्