‘ब्ल्याक कार्बन’ले विनाश निम्त्याउँदै

पहाडहरू परिवर्तन हुँदै छन्’ यो भनाइ हिमालका फेदमा बस्ने नेपालीका हुन्, जो जीविकाका लागि पर्यटनमा निर्भर छन् । बढ्दो प्रदूषण, जलवायु परिवर्तन र वातावरणीय विनाश झेलिरहेका यी नेपालीका लागि पर्यटन एक मात्र व्यावसायिक विकल्प हो । छिम्मी तेन्जिङले आफ्नो पूरै जीवन नेपालको हिमाली क्षेत्रको सानो गाउँ जोरसल्लेमा बिताएका छन् ।

र, उनी सात वर्षदेखि यस क्षेत्रमा लज सञ्चालन गर्दै आएका छन् । तेन्जिङले सगरमाथाको नेपालपट्टिको फेदमा रहेको खुम्बु उपत्यकाको समुद्री सतहबाट पाँच हजार ५० मिटरको उचाइमा अवस्थित पिरामिड इन्टरनेसनल ल्याबरोटरी नामक एक अनुसन्धान केन्द्रमा तीन वर्ष बिताए । यी तीन वर्षमा तेन्जिङ कैयौँपटक सगरमाथाको आधार शिविर पुगे र त्यहाँस्थित हिमनदीमा भइरहेको परिवर्तनको पहिलो साक्षीमध्येका एक बने । उनले हिमनदीको रंग कालो भएको पाएका छन् र छुँदा हातसमेत कालो भएको बताउँछन् उनी ।

प्रकाशित मिति: : 2022-07-06 14:47:00

प्रतिकृया दिनुहोस्