अर्थमन्त्री शर्माकाे विवादबारे एमालेसँग छलफल गर्ने माओवादीको निर्णय

File Photo
File Photo

नेकपा माओवादी केन्द्रले अर्थमन्त्री जनार्दन शर्माकाे विषयमा उठेका प्रश्नबारे प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग छलफल गर्ने भएको छ।

बुधबार बिहान अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवास खुमलटारमा बसेको पूर्वस्थायी कमिटी सदस्यहरुको बैठकले एमालेसँग छलफल गरेर अगाडि बढ्ने निर्णय गरेको हो।

बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति प्रवेश गरेको प्रमाणका रूपमा रहने सीसीटिभी फुटेज मेटाइएको भन्दै एमालेले अर्थमन्त्री शर्माको राजीनामा माग गरिरहेको छ।

प्रकाशित मिति: : 2022-07-06 11:47:00

प्रतिकृया दिनुहोस्