माओवादी केन्द्रीय कमिटी बैठक बस्दै, हाेला त पदाधिकारी चयन ?

नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठक आज (बुधबार) पनि बस्दैछ।

आजको बैठकले सम्भवतः पदाधिकारीसहित स्थायी कमिटी घोषणा गर्ने छ। मंगलबारको पूर्वस्थायी कमिटी र ईञ्चार्जको बैठकले स्थायी कमिटी र पदाधिकारीको प्रस्ताव अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मार्फत ल्याउने निर्णय गरेको थियो।

अध्यक्ष प्रचण्डले केन्द्रीय कमिटी बैठकमा नाम घोषणा गर्ने माओवादी नेता गणेश साहले जानकारी दिए। माओवादीको बैठक आइतबारदेखि काठमाडौंमा जारी छ।

प्रकाशित मिति: : 2022-07-06 08:26:00

प्रतिकृया दिनुहोस्