प्रदेश १ की नवनियुक्त समानुपातिक सांसद बस्नेतले लिइन् शपथ 

नेकपा एमालेबाट प्रदेश १ को सांसद बनेकी हिमा बस्नेत (भट्टराई) ले शपथ ग्रहण गरेकी छिन्। बस्नेतलाई प्रदेश १ का सभामुख प्रदिपकुमार भण्डारीले सपथ ग्रहण गराएका हुन्।

नेकपा एमालेकी संसद गुलेफुन खातुनले राजीनामा दिएपछि रिक्त रहेको समानुपातिक सिटमा बस्नेतलाई मनोनयन गरिएको थियो। सरकारी कागजात किर्ते गरेको अभियोगमा अदालतबाट सजाय भएपछि खातुनले राजीनामा दिएकी थिइन्।

अल्पसंख्यक कोटाबाट सांसद (प्रदेशसभा सदस्य) भएकी एमालेकी गुलेफुन खातुनले राजीनामा दिएपछि खसआर्य कोटाकी हिमा बस्नेत प्रदेश १ की सांसद बनेकी हुन्।

अल्पसंख्यक कोटाबाट बन्द सूचीमा अन्य महिला कोही पनि नभएको कारण खस आर्य कोटाबाट बस्नेत सांसद बनेकी हुन्।

प्रमुख प्रतिपक्ष दल एमालेको सिफारिसमा बस्नेतलाई प्रदेश सांसदमा नियुक्त गरिएको हो।

प्रकाशित मिति: : 2022-07-05 11:55:00

प्रतिकृया दिनुहोस्