काठमाडौंस्थित भारतीय दूतावासमा गोली चल्यो, एक सुरक्षाकर्मीको मृत्यु

काठमाडौंकाे लैनचौरस्थित नेपालका लागि भारतीय दूतावासभित्र गोली चलेको छ।

गोली प्रहारबाट दूतावासमा कार्यरत एक जना भारतीय सुरक्षाकर्मीको ज्यान गएको दूतावास स्राेतले जनाएको छ।

दूतावासका अनुसार सुरक्षा गार्ड ३२ वर्षीय दीपक सिंहले आफूसँग रहेको इन्सास राइफलले आफैंलाई गोली हानेका हुन्।

उनको शव अहिले पोस्टमार्टमको लागि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल लगिएको छ। 

प्रकाशित मिति: : 2022-07-04 14:29:00

प्रतिकृया दिनुहोस्