चन्दलाई छाड्ने पुनदेखि ल्यारकल लामासम्म माओवादी केन्द्रीय समितिमा 

File Photo
File Photo

नेकपा माओवादी केन्द्रले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) परित्याग गरेर माअ‌ाेवादीमा आएका ओमप्रकाश पुनलाई केन्द्रीय सदस्य बनाएको छ।

चन्द नेतृत्वकाे नेकपा परित्याग गरेर भर्खरै माअ‍ाेवादी प्रवेश गरेका पुनलाई केन्द्रीय सदस्य बनाइको हाे।

माओवादीको केन्द्रीय समितिमा पेस भएको नामावलीअनुसार संविधासभा सदस्य ल्यारकाल लामा पनि माओवादी केन्द्रीय समितिमा अटाउन सफल भएका छन्।

सोसँगै माओवादी केन्द्रीय समिति सदस्यको संख्या ३ सय ७७ पुगेको छ। 

प्रकाशित मिति: : 2022-07-04 11:03:00

प्रतिकृया दिनुहोस्