माओवादीको केन्द्रीय समिति बैठक बस्दै

फाइल तस्विर
फाइल तस्विर

नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक आज (आइतबार) बस्दैछ। महाधिवेशन सम्पन्न भएपछि पटक-पटक आएकाे केन्द्रीय समितिको बैठक आज बस्न लागेकाे हाे।

गत पुस १९ गते सम्पन्न केन्द्रीय समितिको पहिलो बैठकले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सर्वसम्मत रूपमा अध्यक्ष चयन गरे पनि हालसम्म अन्य पदाधिकारी चयन हुन सकेका छैनन्।

आजको बैठकको कार्यसूचीमा केन्द्रीय समितिको पूर्णता, पदाधिकारी चयन, पोलिटब्युरो र स्थायी समितिको चयन र कार्यविभाजन रहेका छन्।

महाधिवेशनले पदाधिकारीमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्ष रहने व्यवस्था गरेको छ।

प्रकाशित मिति: : 2022-07-03 07:06:00

प्रतिकृया दिनुहोस्