पार्टी खाेलेकाे एकहप्ता नपुग्दै किन निकालिए वामदेव गाैतम ? यस्ताे छ कारण

नेकपा (एकता राष्ट्रिय अभियान)का संयोजक वामदेव गौतम निष्कासित भएका छन्।

अभियानमा आवद्ध समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी पार्टी, नेकपा (राष्ट्रवादी), आम नेपाली पार्टीका शीर्ष नेताको बैठकले ५ बुँदे आरोप लगाउँदै गौतमलाई निष्कासन गरेको हाे।

गौतमलाई निष्कासित गरेर चार घटकले अभियानको संयोजकमा युवराज सफललाई चयन गरेको जनाएका छन्।

गौतम नेतृत्वको अभियानले असार ११ गते ललितपुरको धोविघाटस्थित सिद्धार्थ कटेजमा दोस्रो भेला गरेको थियो। सो भेलाले नेकपा एकता राष्ट्रिय अभियानलाई दलको रुपमा अघि बढाउने निर्णय गरेको थियो।

यस्ता छन्, गौतममाथि लगाइएको ५ आरोप-

१.सांगठनिक अराजकता, निरंकुश, तानाशाही शैली, चरम अवसरवादी चरित्र र अराजनीतिक व्यवहार प्रस्तुत गरिएको। 

२. अहंकारवादी सोच र एकलौटी निर्णय गरिएको।

३.जालझेल, छलछाम, षडयन्त्र र तिकडमबाजी कार्यशैली अपनाइएको।

४. नेकपा एकता राष्ट्रिय अभियानमा आबद्ध दलहरुको आडमा शक्ति बनाई सो शक्ति बनाई सो शक्तिको चरम दुरुपयोग गरी उल्लेखित शक्तिहरुलाई सिध्याउने गतिविधि गरिएको।

५. सम्पूर्ण वामपन्थी तथा समाजवादी शक्तिलाई बृहत कम्युनिष्ट एकतामा जोड्ने योजना बमोजिम नेकपा एकता राष्ट्रिय अभियान गरिएकोमा संयोजक कमरेड वामदेव गौतमले सो निर्धारित उद्धेश्य विपरित अभियानलाई सत्ता, शक्ति पद प्राप्तिका लागि बार्गेनिङको माध्यम बनाएको।

प्रकाशित मिति: : 2022-07-02 19:56:00

प्रतिकृया दिनुहोस्