चुनावी रणनीति बनाउन एमाले सचिवालय बैठक आइतबारबाट

प्रमुख विपक्षी दल नेकपा (एमाले)ले आइतबार सचिवालय बैठक बोलाएको छ।

केन्द्रीय कार्यालय च्यासलमा आइतबार विहान ११ बजेबा लागि बैठक आह्वान गरिएको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताएका छन्।

आगामी चुनावको तयारी, पार्टीको आन्तरिक विषय र राष्ट्रिय राजनीतिबारे छलफल गर्न बैठक बोलाइएको उनले बताएका छन्।

प्रकाशित मिति: : 2022-07-02 08:30:00

प्रतिकृया दिनुहोस्