एमालेद्वारा सचिवालय बैठक आह्वान

file photo
file photo

प्रमुख विपक्षी दल नेकपा एमालेले आइतबार सचिवालय बैठक बोलाएको छ।

केन्द्रीय कार्यालय च्यासलमा आइतबार बिहान ११ बजेकालागि बैठक आह्वान गरिएको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए।

आगामी चुनावको तयारी, पार्टीको आन्तरिक विषय र राष्ट्रिय राजनीतिबारे छलफल गर्न बैठक बोलाइएको उनले बताए।

प्रकाशित मिति: : 2022-07-01 19:30:00

प्रतिकृया दिनुहोस्