माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरुले नेकपा एमालेमा बिउ रोपेरआएको भन्दै त्यो केही समयपछि फल्ने बताएका छन्।
मंगलबार पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले एमालेमा बिउ रोपेको बताएका हुन्।
एमालेभित्रका हजारौं नेता–कार्यकर्तालाई एकीकृत गरेर लान सकिने बताउँदै उनले भने, ‘तपाईंहरुलाई लाग्दो हो सकिनेरैनछ। सक्कियो, विग्रियो नि त भन्ने लाग्न सक्छ। तर, त्यहाँ हामी माओवादीले बिउ रोपेर आएका छौं। हेर्नुहोला केही समयपछि त्यो फूल्छ, फल्छ।’