बिएल संवाददाता
सरकारले औपचारिक रुपमा यस वर्षको १९औँ राष्ट्रिय धान दिवस आगामी असार १५ गते बुधबार खुमलटारस्थित धानबाली अनुसन्धान केन्द्रमा औपचारिक रुपमा मनाइने भएको छ।
'धानबालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग' भन्ने मूल नाराका साथ खुमलटारको अलवा देशका विभिन्न स्थानमा सांस्कृतिक कार्यक्रमको आयोजना गर्दै धान दिवस मनाउने कार्यक्रम रहेको कृषि तथा पशुपक्षी विभागले जनाएको छ।
विभागद्वारा आज आयोजित पत्रकार सम्मेलनमा कृषि विभागका महानिर्देशक रेवतीरमण पौडेलले कृषि अनुसन्धान परिषद् (नार्क) को खेतमा रोपाइँ गरेर राष्ट्रिय धान दिवस औपचारिक सुरुआत गरिने जानकारी दिए। सरकारले प्रत्येक वर्ष असार १५ गते धान दिवस मनाउँदै आएको छ।
धान दिवसलाई रोपाइँ दिवस पनि भनिन्छ। असार १५ गते नेपालमा दही चिउरा खाने चलनसमेत चलिआएको छ। चिउरा धान कुटेर तयार पारिने खाद्यान्न हो। नेपालीको प्रमुख खाद्यन्न बाली धानको गरिमा र महत्व अर्थतन्त्रसँग जोडिएको छ। धानको उत्पादन बढ्दा कूल गार्हस्थ्य उत्पादन (जिडिपी) मा बढोत्तरी हुन्छ भने घट्दा जिडिपी घट्ने गरेको पाइन्छ।
विश्व खाद्य सुरक्षाको दृष्टिकोणबाट धान महत्वपूर्ण अन्न बाली हो। विश्वका झन्डै चार अर्ब जनसङ्ख्याको आधारभूत खाद्यान्न चामल हो। धानको नेपालमा आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपमा महत्व छ। नेपालमा १३० जातका धानका बीउ सिफारिस भइसकेका छन्।
नेपालमा कूल खेतीयोग्य जमिनमध्ये ४७ प्रतिशत जमिनमा रोपाइँ हुन्छ। जसमध्ये तराई क्षेत्रको हिस्सा ७० प्रतिशतभन्दा माथि छ। नेपालमा कूल खेतीयोग्य जमिन करिब ३१ लाख हेक्टर रहेको छ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया