मन्त्री बनेलगतै मेटमणिले श्रीमतीलाई भने– ‘देखलो मई मंत्री बनगईंलूँ’

Breaknlinks
Breaknlinks

नवनियुक्त सहरी विकासमन्त्री मेटमणि चौधरीले मन्त्री बनेलगतै पहिलो खुशी श्रीमतीसँग साटेका छन्।

लामो प्रतीक्षापछि आइतबार मन्त्री बनेका उनले श्रीमती खुमा चौधरीलाई फोनमार्फत् आफू मन्त्री भएको सन्देश सुनाएका हुन्। 

स्वकीय सचिव गौरभ महराबाट आफ्नो मोबाइल मागेर मन्त्री चौधरीले श्रीमती खुमालाई फोनमा भने, ‘हेलो! देखलो मई मंत्री बनगईंलूँ।’ उनले मातृभाषा थारूमा गृहजिल्ला दाङमा रहेकी श्रीमतीलाई आफू मन्त्री भइसकेको भन्दै खुशी व्यक्त गरेका छन्। 

चौधरी सहरी विकासमन्त्रीको रूपमा एकीकृत समाजवादीकी चर्चित नेत्री रामकुमारी झाँक्रीको स्थानमा सिंहदरवार भित्रिएका छन्। 

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको खरो–आलोचकका रूपमा चिनिएका चौधरीलाई एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नयाँ मन्त्रीको लागि हप्ता दिनअघि प्रधानमन्त्रीसामु सिफारिस गरेका हुन्।

उनले नेकपा (एमाले)को विभाजन अघिदेखि नै अध्यक्ष नेपाललाई साथ दिँदैआएका छन्।

प्रकाशित मिति: : 2022-06-26 20:49:00

प्रतिकृया दिनुहोस्