एकीकृत समाजवादीका मन्त्रीहरू हेरफेर, झाँक्रीकाे ठाउँमा मेटमणि चाैधरी ‘इन्ट्री’

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्। देउवाले एकीकृत समाजवादीका मन्त्रीहरु हेरफेर गरेका हुन्। माओवादी र कांग्रेसका मन्त्रीहरुलाई मन्त्रिपरिषद्‍मा यथावत राखिएको छ।

देउवाले जीवनराम श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उडड्यन, मेटमणि चौधरीलाई शहरी विकास, भवानीप्रसाद खापुङलाई बढुवा गर्दै स्वास्थ्य तथा जनसंख्या, शेरबहादुर कुँवरलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री र हिराचन्द्र केसीलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेका छन्।

राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार २४ सदस्यीय मन्त्रीमण्डल गठन भएको छ। 

प्रकाशित मिति: : 2022-06-26 21:08:00

प्रतिकृया दिनुहोस्