कार्यभार सम्हाल्न काठमाडौं ओर्लिए नयाँ भारतीय राजदूत

File Photo
File Photo

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव काठमाडौं आइपुगेका छन्।

उनी शनिबार काठमाडौंस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन्।

राष्ट्रपति विद्यादेवी भण्डारीलाई ओहदाको प्रमाणपत्र बुझाएपछि उनले औपचारिक रुपमा कार्यभार सम्हाल्नेछन्।

श्रीवास्तव विनय मोहन क्वात्राका उत्तराधिकारी हुन्। क्वात्रा चैत अन्तिम साता भारतीय विदेश सचिवमा बढुवा भएपछि उक्त पद रिक्त थियो।

नेपालका लागि राजदूत नियुक्त हुनुअघि भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिवको रुपमा कार्यरत उनी भारतका प्रधानमन्त्री मोदीको लुम्बिनी भ्रमणअघि मे १७ मा राजदूत नियुक्त भएका थिए।

श्रीवास्तवले चीन, जापान, कोरिया तथा मंगोलिया मामिलासम्बन्धमा जिम्मेवारी सम्हालिसकेका छन्। भारतमा उनी खासगरी चिनिया मामिलासम्बन्धि जानकार मानिन्छन्।

प्रकाशित मिति: : 2022-06-25 17:34:00

प्रतिकृया दिनुहोस्