प्रचण्ड अटेरी बन्दा नेकपा फुट्याे: वामदेव गौतम

नेकपा (एकता राष्ट्रिय अभियान)का संयोजक वामदेव गौतमले तत्कालीन नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा केपी शर्मा ओलीले पार्टी एकता जोगाउन प्रधानमन्त्री पद छाड्ने अफर पुष्पकमल दाहाल प्रचण्ड समक्ष गरेको खुलासा गरेका छन्। शनिबार आयोजित भेलालाई सम्बोधन गर्दै गौतमले यस्ताे बताएका हुन्।

ओली र प्रचण्डबीच भएको भेटमा आफू पनि पुगेको र त्यहाँ ओलीले आफूले भनेको व्यक्तिलाई प्रधानमन्त्री बनाउने र उनैको नेतृत्वमा निर्वाचनमा जाने अफर गरेको गौतमले बताए।

‘दुई अध्यक्षबीच भएको बैठकमा म पनि पुगेको थिएँ। त्यहाँ ओलीले म पार्टी एकता जोगाउन आएको छु। यसका लागि जे पनि गर्न तयार छु भन्नुभयो। म एउटा पद छाड्न तयार छु तर मैले भनेको व्यक्तिलाई प्रधानमन्त्री बनाउन तयार छु भन्नु भएकाे थियाे,’ गाैतमले भने,‘जो व्यक्ति हो उहाँलाई जिताएर राष्ट्रिय सभामा लैजाऔँ र प्रधानमन्त्रीको उम्मेदवार बनाऔँ भन्ने प्रस्ताव अध्यक्ष ओलीकाे थियाे।’

त्यस्तै गाैतमले आफू प्रचण्ड गुटमा लाग्दा नेकपा दुर्घटनामा पुगेकाे समेत स्वीकार गरेका छन्।

‘मेरै कारणले तत्कालिन नेकपा पार्टी फुट्यो भन्ने आरोप लगाए। म गुटमा नलागेको भए पार्टी फुट्ने थिएन। मैले आत्मआलोचना गरेको छु। मलाई कल्पना पनि थिएन पार्टी फुट्‌छ भनेर,’ उनले भने।

प्रकाशित मिति: : 2022-06-25 12:27:00

प्रतिकृया दिनुहोस्

    यिनी जे पनी बोलछन । क़ाबिले ओलीले महाकाली समझौता मा ख़रब खायो भंछन कहीले प्रचण्डलाई दोष दिंछन । सत्य एउटा हूंच । अड़ान छैन ।

    • 2 बर्ष अगाडि
    • Madhusudan