टेलिभिजन कर्मलाई तिलाञ्जलि दिंदै राजनीतिमा होमिएका छन् पत्रकार रवि लामिछाने । असार ७ गते उनले राष्ट्रिय स्वतन्त्र पार्टी गठन गर्ने र चुनाव चिन्ह घण्टी लिने उद्घोष गरेपछि नेपालको राजनीति केही तरंगित बनेको छ ।
पार्टी र चुनाव चिन्हको विषयलाई लिएर तत्कालै विभिन्न क्षेत्रबाट विभिन्न प्रतिक्रिया आउन थालेका छन् । यसअघि आफ्नो पत्रकारिता पेसालाई यस्तै गरी लत्याएर नेपालमा कायापलट गर्छु भन्ने जोस जाँगर लिएर विवेकशील साझा पार्टी गठन गरेका थिए रविन्द्र मिश्रले । तर उनको चाहना पुरा भएन । बरु त्यो पार्टी नै विघटनको संघारमा रहेको छ ।
नेपालको राजनीति, दलहरुको अवस्था, राजनीतिको भविष्य र पूर्वतयारी नगरी यसरी हचुवाका भरमा खाइलाग्दा युवाहरुले पार्टी गठन गर्ने अनि राजनीतिबाट विश्राम लिनुपर्ने अवस्था आउनु नेपालको राजनीतिमा सुखद अवस्था हुँदै होइन ।