राज्यमन्त्री विमला वली प्रकरण : प्रदेश सरकारको छानविन समिति दाङमा 

File Photo
File Photo

लुम्बिनी प्रदेश स्वास्थ्य तथा परिवार कल्यान राज्यमन्त्री विमला कुमारी खत्री (वली)ले सर्वसाधारणको घरमा गएर कुटपिट गरेको घटनाका सम्बन्धमा छानविन गर्न प्रदेश सकारको छानविन समितिको टोली दाङ आएको छ।

घटनाबारे छानबिन गर्न बनको समितिको संयोजक आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्मा, महिला, बालवालिका तथा कानुनमन्त्री रमा घर्ती, मुख्य न्यायाधीबक्ता श्रीकृष्ण सुवेदीसहितको टोली दाङ आएको  हो।

उक्त टोलीले घटनाबारे छानविन गर्न आज प्रहरी र पीडित भनिएका परिवारका सदस्यसँग कुराकानी गर्दैछ। समितिले घटनाबारे छानविन पश्चात प्रतिवेदन तयार पारेर मन्त्रिपरिषद्मा पठाउने समितिका संयोग सञ्चार मन्त्री शर्माले बताए।

राज्यमन्त्री वलीले गत जेठ ३१ गते बिहान तुलसीपुर–५ स्थित एकराज बस्नेतको घरमा पुगेर उनकी श्रीमती र पाँच बर्षकी छोरीलाई हातपात गरेकी थिइन्। सोही घटनाबारे छानविन गर्न प्रदेश सकारकारले छानविन समिति गठन गरेको थियो।

राज्यमन्त्रीले वलीले बस्नेतको घरमा नै गएर ‘एकराज मेरो श्रीमान हो भन्दै’ आफू र छोरीलाई हातपात गरेको एकराजकी श्रीमती मिना बस्नेतले बताएकी थिइन्।  मिनाले राज्यमन्त्री वलीविरुद्ध प्रहरीमा जाहेरीसमेत दिएकी छन्।

तर राज्यमन्त्री वलीले भने एकराज बस्नेतसँग आफ्नो पैसाकाे कारोवारका विषयमा कुरा गर्न उनकै घरमा पुगेको बताएकी छन्।

वाइसिएलका नेतासमेत रहेका एकराजले ३५ लाख रकम अहिलेसम्म नदिएको भन्दै घरमा खोज्दै गएको र घरमा रहेकी श्रीमतीसँग हात हालाहालको अवस्था सिर्जना भएको उनले बताउँदै आएकी छन्।

प्रकाशित मिति: : 2022-06-22 14:53:00

प्रतिकृया दिनुहोस्