माधवकुमार ओली
अधिकांश युवाहरु विदेशबाट फर्केपछि देशमा रोजगारी छैन भन्दै फेरि विदेशै जान्छन्। तर रोल्पाको सुनिलस्मृति गाउँपालिका–४ का नेत्रबहादुर महरा अहिले व्यावसायिक बाख्रापालनमा व्यस्त छन्।
वैदेशिक रोजगारीको शिलशिलामा साउदी अरबमा करिब ८ वर्ष काम गरेर फर्किएका महराले गाउँमै केही गर्न सकिन्छ भन्ने उद्देश्यले गत ९ वर्षअघि सुरु गरेको बोयर बाख्रापालनबाट मनग्ये आम्दानी गर्न सफल भएका छन्।
अन्य ३ जनालाई रोजगारीसमेत दिएका महाराले अहिले बाख्रा स्रोत केन्द्रको रुपमा विकास गर्न थालेको बताए।
सुरुमा १५ लाख लगानीमा २५ वटा बाख्रा किनेर सुरु गरेको व्यवसायबाट अहिलेसम्म झण्डै एक करोड बराबरको झण्डै ३०० वटा पाठापाठी बिक्री गरेको उनको भनाई छ।
अहिले जिल्लाका विभिन्न गाउँपालिकाहरुबाट माग आउने गरेको भएपनि माग धान्नै गाह्रो भएको महराले बताए।
४० रोपनी क्षेत्रफलको जग्गामा व्यावसाय सुरु गरेका महराले बाख्राको खोर, घाँस खेतीसँगै केरा खेती, लोकल कुखुरापालन, कालिजपालन, तरकारी र रुद्राक्ष, श्रीखण्डलगायतका विरुवा पनि लगाउन थालेका छन्।
महारा जस्तै बैदेशिक रोजगारीबाट फर्किने युवाहरुले यसरी नै कृषिलाई व्यावसायिकरण गर्ने हो भने देश कृषिबाटै समृद्ध बन्ने देखिन्छ। ‘मेहनत गरेमा विदेशभन्दा आफ्नै देशमा बढी कमाई गर्न सकिन्छ’, महराले भने, ‘मेहनत गरे असम्भव भन्ने केही छैन।’
संगठित हुँदै बाख्रापालन व्यवसायी
पछिल्लो समय जिल्लामा बाख्रापालन व्यवसाय गर्नेहरुको संख्या बढ्न थालेसँगै उनीहरु संगठित बन्न थालेका छन्।
जिल्लामा लोकमान वलीको अध्यक्षतामा नेपाल व्यावसायिक बाख्रापालन महासंघ जिल्ला समिति, रोल्पा गठन भएको छ।
हालसम्म जिल्लामा फर्म नै दर्ता गरेर बाख्रापालन गर्नेहरुको संख्या १४७ पुगेको उक्त समितको कोषाध्यक्षसमेत रहेका महराले बताए।
समितिले हालै मात्र भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रोल्पामा विभिन्न माग पेश गर्दै जिल्लाका बाख्रापालन व्यवसायीहरुको समस्या समाधानमा जोड दिएको छ।


माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया