वायुसेवा सञ्चालकले सबै आन्तरिक उडान नियमित गर्ने भएका छन्।
नेपाल नागरिक उड्डयन प्राधिकरण र वायुसेवा सञ्चालकबीच गएराति ११ बजेसम्म चलेको वार्तामा वायुसेवाका जायज माग सम्बोधन गर्ने भएपछि उडान नियमित गर्ने सहमति भएको हो।
वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज शर्मा कँडेलका अनुसार आन्तरिक उडान खुला राखेर वार्तालाई निरन्तरता दिइने छ। छलफल बुधवार मध्याह्न १२ बजे प्राधिकरण केन्द्रीय कार्यालयमा हुनेछ।
वायुसेवा सञ्चालक संघले मंगलबार पत्रकार सम्मेलन गरी बुधबारदेखि आन्तरिकतर्फका सबै उडान अनिश्चितकालका लागि ठप्प पार्ने घोषणा गरेको थियो।
प्राधिकरणले पनि पत्रकार सम्मेलन गरी हवाइ उडान ठप्प पारे कारवाही गर्ने चेतावनी दिएको थियो।