वामदेव गौतमले बोलाए राष्ट्रिय भेला

वामदेव गौतम नेतृत्वको एकता अभियानले राष्ट्रिय भेला बोलाएको छ। उनले शनिबार ललितपुरको धोवीघाटस्थित सिद्धार्थ कटेजमा राष्ट्रिय भेला बोलाएका हुन्।

गौतमका स्वकीय सचिव दीपक टमाटाले पार्टी एकता राष्ट्रिय भेलामा सबै जिल्लाबाट प्रतिनिधि पठाइदिन आग्रह गरिएको बताएका छन्। 

नेकपाभित्र विवाद उत्कर्षमा रहेको समयमा कुनै समूहमा पनि नलागेका गौतमले आफ्नै नेतृत्वमा एकता अभियान घोषणा गरेका थिए।

२०७७ फागुनमा सर्वोच्च अदालतले नेकपा विभाजन गरिदिएपछि तत्कालीन एमाले उपाध्यक्ष गौतम कतैपनि खुलेका छैनन्।

प्रकाशित मिति: : 2022-06-20 17:40:00

प्रतिकृया दिनुहोस्