नेपालमा बसेर अमेरिकीको बैंक खाता ह्याक, गिरोहलाई अपार्टमेन्टमै फाइभ स्टारको सुविधा

लोकान्तर

काठमाडाैँ

नेपालमा बसेर अमेरिकाका नागरिकको पैसा ह्याक गर्ने १३ जनाको टोलीलाई हिजो (आइतवार) प्रहरी प्रधान कार्यालय अन्तर्गतको साइबर ब्यूरोले पक्राउ गर्‍यो । उनीहरूले सरकारी सेवाबाट अवकाश पाएका अमेरिकी नागरिकको कम्प्युटर र तथा ल्यापटपमा अवैध पहुँच पुर्‍याएर पैसा निकाल्ने गरेको तथ्य बाहिर आएको हो  ।

काठमाडौं महानगरपालिका– ४ धुम्बाराहीमा रहेको अर्बिट नेक्सस प्रा.लि.का सञ्चालक विजय श्रेष्ठ र दुई भारतीय नागरिकले अवैध रूपमा कल सेन्टर स्थापना गरेर अमेरिकामा साइबर ठगी (स्क्यामिङ) गरेको खुलासा साइबर ब्यूरो गरेको छ । 

सूचना प्रविधिको विकाससँगै विश्वमा अहिले विभिन्न देशका सरकारी निकायहरूमा साइबर हमला, बैंकमा अनाधिकृत रूपमा पहुँच पुर्‍याएर पैसा चोरीका घटना भइरहेका छन् ।

प्रकाशित मिति: : 2022-06-20 15:12:00

प्रतिकृया दिनुहोस्