अखिल क्रान्तिकारीको बैठकमा कुटाकुट (भिडियाेसहित)

नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीको तेस्रो विस्तारित बैठकमा हात हालाहाल भएपछि प्रहरी बोलाइएको छ। 

केन्द्रीय समितिलाई पूर्णता दिन बोलाइएको बैठकमा उपाध्यक्ष पवन कार्की समूहलाई बेवास्ता गरिएको भन्दै हो–हल्ला गरिएपछि बैठकस्थलमा हात हालाहाल भएको हो। 

उक्त घटनालगत्तै प्रहरी बोलाएर स्थितिलाई सामान्य बनाइएको अध्यक्ष पञ्चा सिंहले जानकारी दिएकी छन्।

आफूनिकटलाई मात्रै केन्द्रीय समितिमा पारेको तथा पदाधिकारी चयन गरेको भन्दै कार्की समूहले बैठकमा नाराबाजी गर्दै फ्रयाक्सन इन्चार्ज हितमान शाक्यको राजीनामासमेत माग गरेका छन्।

प्रकाशित मिति: : 2022-06-19 17:52:00

प्रतिकृया दिनुहोस्