दाङमा सुस्त मनस्थिति भएकी एक युवती माथि सामूहिक बलात्कार भएको छ।
तुलसीपुर उपमहानगरपालिका ५ बस्ने युवतीमाथि ४ जना युवाहरुले सामूहिक बलात्कार गरेका हुन्।
बिहीबार राति तुलसीपुर–९ दोघरेस्थित एक नयाँ बन्न लागेको घरमा युवतीमाथि बलात्कार भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख तथा एसपी सुरेशप्रसाद काफ्लेले बताए।
एसपी काफ्लेका अनुसार बलात्कार गरेको आरोपमा तुलसीपुर–५ बस्ने २४ वर्षीय शंकर वि.क र २३ वर्षीय कमल चौधरी पक्राउ परेका छन्। २० वर्षीय र २२ वर्षीय अर्जुन परियार भने फरार रहेका छन्।
फरार रहेका दुबै जनाको खोजी कार्य भइरहेको छ।
उनीहरुले ललाई फकाई गरेर युवतीमाथि बलात्कार गरेका हुन्। बलात्कारमा परेकी युवतीले घरमा गएर भनेपछि प्रहरीले शुक्रबार मात्र घटनाको बारेमा जानकारी पाएको थियो।
घटनाका बारेमा जानकारी पाउन साथ युवतीको स्वास्थ्य चेक गरिएको र दुई युवकलाई नियन्त्रणमा लिएको प्रहरी प्रमुख काफ्लेले बताए।
युवतीको स्वास्थ्य नर्मल रहेको पनि उनले जानकारी दिए।