आगामी चुनावमा मोलतोलको पारो

बाह्रखरी

कुलचन्द्र वाग्ले

अनौठो लाग्छ नेपालका राजनीतिक दलहरुको मोलतोल (बार्गेनिङ)को भावभंगीमा देख्दा । एक चरण थियो स्थानीय तहको चुनावमा सौदाबाजीको जसलाई गठबन्धन परिभाषित गरियो । त्यो पनि देखियो । स्थानीय तहमा पाएको प्रतिफल परिणाम आआफ्नै कमाइ भनियो । गुमेको हैसियतलाई गठबन्धनको बेइमानी कर्तुत करार गरिएको छ । 

यस मामलामा सबैभन्दा हैसियत पिँधमा रहेको नवगठित नेपाल  कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को टिप्पणी सारै टिठ लाग्दो छ । यस दलको नेपाली राजनीतिमा हैसियत के हो ? अझै स्थापित भएको छैन तर यसका नेताको धाकधक्कु सुन्दा लाग्छ रथमुनि घिसारिएको प्राणी आफैँले रथ तानेको भ्रममा छ । गठबन्धनको कृपा हुन्थेन भने एकीकृत समाजवादीको छायाछवि बिरलै देखिने थियो ।   

प्रकाशित मिति: : 2022-06-17 12:20:00

प्रतिकृया दिनुहोस्