५१ किलाे हेरोइनसहित ७ विदेशी नागरिक पक्राउ (भिडियाेसहित)

प्रहरीले सेताे र खैरो हिरोइनसहित सात विदेशी नागरिकलाई काठमाडाैंबाट पक्राउ गरेको छ।

४९ केजी सेताे र २ केजी खैरो हेरोइनसहित दक्षिण–अफ्रिकाका ७ जना नागरिकलाई पक्राउ गरेको लागूऔषध नियन्त्रण ब्युरो जनाएकाे छ।

फ्लाइ दुवइको जहाजबाट काठमाडौं आएका सात अफ्रिकन महिलाको साथबाट प्रहरीले ठूलो परिमाणमा सेतो र खैरो हेरोइन बरामद गरेको हो।

बरामद भएको लागूऔषधको मूल्य करिब १ अर्ब २ करोड रुपैयाँ रहेकाे सुरक्षा निकायले जनाएकाे छ।

यसबारे थप अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति: : 2022-06-16 14:50:00

प्रतिकृया दिनुहोस्